दफा ८०
सेवा शर्तको सुरक्षा
कुनै पनि कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागूरहेको तलब, उपदान, निवृत्तभरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरुमा निजको स्वीकृतिबेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिर्वतन गरिने छैन । पछि हुने संशोधनले त्यस्तो संशोधन हुनुअगावैबहाल रहेको कुनै कर्मचारीको उपर्युक्त सेवाका शर्तहरुमा कुनै प्रकारले प्रतिकूल असर पर्ने भएमा त्यस्तो संशोधित व्यवस्था बमोजिम गर्न मञ्जुर गरेको लिखित स्वीकृति नभई त्यस्तो व्यवस्था निजको हकमा लागू हुने छैन ।